कला


फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने, मुख्य भूमिकामा बेनिशा

फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने, मुख्य भूमिकामा बेनिशा

नेपालखबर
जेठ ६, २०८२ मंगलबार ११:३२, काठमाडौँ

फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने भएको छ।

मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो।

फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्।

चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन्।

उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ। जुङरुङ्ग कपाल छ। उनको अगाडि निलो कलर छ। बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।

तर, निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रस्ट पारेका छैनन्। उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन्।

केही समयपछि कलाकारहरूको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ।

यद्यपि फिल्ममा अभिनेत्री बेनिशा हमाल अनुबन्ध भइसकेकी छन्।

उनी मुख्य भूमिकामा देखिने स्रोतले बताएको छ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यु लाइट’को को-प्रोडुसरका रूपमा रमन ग्रे रहनेछन्।

नरेन्द्र मैनालीको खिच्ने ‘द ब्ल्यु लाइट’ सन् २०२५ भित्रै रिलिज गर्ने योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad