गणतन्त्र दिवसको अवसरमा कलाकार दीपकराज गिरीले एक स्टाट्स लेखेका छन्। उनले गणतन्त्रको पक्षमा धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने मत राखेका छन्।
उनले गणतन्त्रलाई बागमती नदीको संज्ञा दिएका छन्। गणतन्त्रप्रति आस्था र विश्वास सबैलाई भएपनि भ्रष्टाचारको कारण यसप्रति नागरिक असन्तुष्टि देखिएको उनी बताउँछन्।
‘गणतन्त्र बाग्मती जस्तो हो। आस्था र बिश्वास सबैलाइ छ। भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पुर्या हो। शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्।
गिरीले राजनीतिक टिप्पणी गर्दै आइरहेको भए पनि गणतन्त्रको पक्षमा खुलेर पहिलोपटक स्टाट्स लेखेका हुन्। यसअघि उनी राजावादीहरुको छलफल कार्यक्रममा पनि सहभागी भएका थिए।
222
Shares

प्रतिक्रिया