कला


दर्शकसँग केक काट्दै ‘ऊनको स्वीटर’ टिमको सेलिब्रेसन

दर्शकसँग केक काट्दै ‘ऊनको स्वीटर’ टिमको सेलिब्रेसन

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:३५, काठमाडौँ

यसवर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ले चौथो हप्तामा पनि बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यस फिल्मले तेस्रो हप्तासम्म १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको छ। यस फिल्मले केबल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ।

सफलताको खुसीको अवसरमा चलचित्र युनिटले मंगलबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा चलचित्र हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ। जुन अवसरमा कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र,  गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो।

केकमा चलचित्रका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो। निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन। दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास गरेको उनको भनाइ छ।

उनका भनाइअनुसार  ‘ऊनको स्वीटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो।

सो अवसरमा हल करिब हाउसफुल थियो । युनिटले चलचित्र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, ‘हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन। तर दर्शकलाई माया तिर्नुपर्ने हो। यही माया साट्न केक काट्यौँ।’

यो फिल्म हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad