कला


‘जुठे’ सिरियलको चर्चित पात्र ‘गोथे’ लाई अब ‘सकस’ देख्न पाइने

‘जुठे’ सिरियलको चर्चित पात्र ‘गोथे’ लाई अब ‘सकस’ देख्न पाइने

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १६:६, काठमाडौँ

लामो समय ‘जुठे’ बाट सिरियलबाट आफ्नो पहिचान बनाएको ‘गोथे’ पात्र लाई अब टेलिश्रृंखला ‘सकस देख्न पाइने भएको छ। ‘जुठे’ बाट आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई कलाकार राजु पौडेल (राजु मास्टर)ले आफ्नै सिरियलमा मुख्य पात्रको स्थान दिने भएका हुन्। 

राजु पौडेलको निर्देशन र लेखन रहेको ‘सकस’ आइरहेको छ। अब उनकै अर्को लोकप्रिय पात्र गोथेलाई पनि सकस कै मुख्य कथामा राख्न लागिएको राजुले बताए। 

‘जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो। यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ। सकसमा यसअघि मैले गरेका अन्य पात्र यथावतै रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिनेछु,’उनले भने।
  
अब ९४ भागबाट सकसमा देख्न पाइने उनले बताएका छन्।

राजु यतिबेला आफ्नो ‘सकस’ टिम सहित पोखरामा छायांकनमा छन्। सकसका अन्य कलाकारहरू यथावत छन् भने पोखराका केही कलाकारहरू जोडिएको राजुले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad