लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सन सार्वजनिक भएको छ्। द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा यो गीत सार्वजनिक भएको छ।
लुङ्टो क्रियशन युट्युव च्यानलबाट सार्वजनिक गीत ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन्। यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ।
३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो। यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन्। अमर श्रष्ठा स्व। विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन्। जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ।
सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए। शान्तिरामले भने ‘काठमाडौको बासाई, संर्घष अनी अभावमा जन्मिएको थियो धोका दियौ तिमीले।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरुका लागी लोकप्रिय भएकोपनि शान्तिरामले बताए।
चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ। गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ। निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन्।
भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चैदेखी लागेका थिए। रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए। अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन्। भर्सटाइल रोशन गायनसंगै शब्द तथा संगीतपनि सृजना गर्छन्।
उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याईसकेका छन्। म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रसंसा भइरहेको छ। रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जिवनमा एउटै’ लगायत गीतहरु दर्शकमाझ लोकप्रिय रहेको छ।
Shares

प्रतिक्रिया