अभिनेत्री रेखा थापाले युट्युवमा नयाँ कार्यक्रम लिएकी छिन्। उनले आफ्नै युट्युव च्यानलमार्फत कार्यक्रम ‘दोस्रो अध्याय’ सुरु गरेकी हुन्।
यस कार्यक्रमको पहिलो एपिसोड बिहीबारमात्रै सार्वजनिक गरिएको छ। पहिलो भागमा रेखाले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ?’भन्ने विषयमा रहेर डा. ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन्। जसमा गर्भावस्था, मातृत्व र शिक्षाबारे कुराकानी समेटिएको छ।
‘दोस्रो अध्याय केवल एक कार्यक्रम होइन्– यो मेरो यात्रा हो। र, ती सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ। यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु। गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म–सबै कुरा खुल्दुली पाराले’कार्यक्रम ल्याउँदै रेखाले भनेकी छन्।
लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रेखाको डेब्यु नाटक ‘मीरा’ समेत मञ्चन भइरहेको छ।
Shares

प्रतिक्रिया