राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै न्यायका लागि हस्ताक्षर अभियान चलाइरहेको छ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले सुरु गरेको अभियानमा कलाकारहरु समेत जोडिन पुगेका छन्। आइतबार मात्रै अभिनेता विपिन कार्कीले पार्टी कार्यालमा पुगेर रवि हस्ताक्षर अभियानमा सहभागी भए।
अभियानका संयोजक तथा सहकोषाध्यक्ष दीपक बोहराले विपिनसहित अभिनेता रमेश उप्रेतीले पनि हस्ताक्षर गरेको जानकारी दिए।
उप्रेतीले आफू रविको साथमा भएको बताए। ‘म रवि जीको साथमा छु,’ मिडियासँगको कुराकानीमा उनले भने, ‘उहाँ देशको आसा र भरोसा हो। स्वतन्त्र पार्टी भन्ने बित्तिकै रविजीको नाम आउँछ। अहिले उहाँलाई गाह्रो छ। रातपछि दिन पक्कै आउँछ।’
रविसँग अन्य पार्टी त्रसित हुनपर्ने आवश्यक नरहेको उप्रेतीले एउटा व्यक्तिमाथि अन्याय गर्न नहुने उल्लेख गरे। साथै उनले रविमाथिको मुद्दमा छिटो सुनुवाइ गर्न सरकारलाई अनुरोध समेत गरे।
हस्ताक्षर गरेपनि विपिन भने रविबारे मिडियामा बोलेनन्। यतिखेर हलमा विपिन अभिनित ‘ऊनको स्वीटर’ चलिरहेको छ।
विपिनले हस्ताक्षर गरेपछि कतिपयले सामाजिक संजालमा उनको आलोचना समेत गरिरहेका छन्।
Shares

प्रतिक्रिया