अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ को छायांकन सुरु भएको छ। शनिबार धादिङको नौबिसेस्थित काउलेबाट फिल्मको सुटिङ सुरु गरिएको हो।
धादिङसहित फिल्मको छायांकन पोखरा, रुकुम लगायतका पश्चिम पहाडी जिल्लामा हुने बताइएको छ। छायांकन सुरुवातकै दिन फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। जसमा अनमोल र प्रिन्सी प्रेमिल भावमा देखिएका छन्।
यो पहिलो सेड्युलको छायांकन हो। बाँकी छायांकन भने भदौबाट सुरू गर्ने निर्माणटिमको तयारी छ। जिया केसीको लगानीमा बन्ने फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन्। यस फिल्ममा पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदै छन्।
२५ लाख बजेट भनिएको यो फिल्म अनमोलको करिअरकै सस्तो फिल्म भएको समेत बताइएको छ। यसै फिल्मले प्रिन्सीले डेब्यु गर्न लागेकी हुन्। प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन्।
Shares

प्रतिक्रिया