अब असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रुपमा मनाइने भएको छ। सरकारले प्रत्येक वर्षको असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रुपमा मनाउने घोषणा गरेको हो।
नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस निर्णयको घोषणा गरे।
‘चलचित्रको ६० औँ वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले फिल्म आमा को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रुपमा मनाउनेछौँ। असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार चलचित्र दिवस घोषणा गरेका छौँ,’उनले भने।
यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो। अहिले भने चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषदले असोज १५ लाई चलचित्र दिवस मनाउने निर्णय गरेको हो।
Shares

प्रतिक्रिया