कला


‘कुम्भ’ नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुने

‘कुम्भ’ नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुने

नेपालखबर
असार २०, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

फिल्म ‘कुम्भ’ को प्रदर्शन मिति तोकिएको छ। 

एक्सन जनरामा निर्माण भएको यो फिल्म आगामी मंसिर १२ गतेबाट रिलिज हुनेछ। 

लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको हो। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ। 

यस फिल्ममा अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।

चलचित्रको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्। 

ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। चलचित्रको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad