कला


फिल्म ‘मुनामदनको ब्रेकअप’ बनाउँदै दीपेन्द्र लामा

फिल्म ‘मुनामदनको ब्रेकअप’ बनाउँदै दीपेन्द्र लामा

नेपालखबर
असार २९, २०८२ आइतबार १३:२८, काठमाडौँ

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ।

निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्।

श्रीधर पौडेल कार्यकारी निर्माता रहने यस फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा हुनेछ।

पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो।

फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन्।

कटवाल पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा देखिएका थिए।

निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ।

‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्ध गरेका हौँ, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुने गरी छान्ने हाम्रो योजना छ,’ लामाले भने।

डेब्यु निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक फिल्मका रूपमा तयार पार्ने सोचमा छन्।

फिल्मका लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने गराए।

‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुस्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौँ।’

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad