कलाकार विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो।
यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धत भइसकेका थिए। अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ। केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक कथामा आधारित रहनेछ। फिल्मको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ।
फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन्। गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतको स्वर रहनेछ। छायांकन सौरभ लामाले गर्ने छन्। निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुवैमा डेब्यु प्रोजेक्ट हो।
Shares

प्रतिक्रिया