वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ।
राव केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
बीबीसी तमिलका अनुसार, रावले चार दशकभन्दा बढीको आफ्नो करियरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
श्रीनिवासा रावले विभिन्न भाषाका फिल्ममा अभिनय गरेका थिए।
तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडु, अभिनेताबाट राजनीतिकर्मी बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य धेरै नेताले श्रीनिवासा रावको निधनमा शोक व्यक्त गरेका छन्।
पद्मश्री पुरस्कार विजेता श्रीनिवासा राव विधायक पनि थिए।
120
Shares

प्रतिक्रिया