पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्ला निवासी टिकटकर सुमिरा राजपुत शनिबार आफ्नै घरमा शंकास्पद अवस्थामा मृत भेटिएकी छन्।
उनलाई कसैले विष दिएर मारेको आशंका गरिएको छ।
प्रहरीले घटनामा संलग्न आरोपमा बाबु राजपुत र मोहम्मद इमरान नामका दुई व्यक्तिलाई पक्राउ गरेको छ।
उनकी १५ वर्षीया छोरीले केही मानिसले सुमिरालाई विवाह गर्न बाध्य पारेको र नमान्दा विष खुवाएर मारेको बताएकी छन्।
तर यस विषयमा सञ्चारमाध्यमले अहिलेसम्म विस्तृत जानकारी दिएका छैनन्।
सुमिरा राजपुत एक प्रसिद्ध डिजिटल सामग्री निर्माता थिइन्, जसको टिकटकमा ५८,००० फलोअर्स र १० लाखभन्दा बढी लाइक थिए।
उनकी छोरी पनि टिकटकमा सक्रिय छिन् र उनका ५८,००० फलोअर्स पनि छन्।
609
Shares

प्रतिक्रिया