कला


फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

नेपालखबर
साउन ११, २०८२ आइतबार १०:६, काठमाडौँ

गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनकाे कथामा आधारित भएर फिल्म ‘जनक्रान्ति’ बन्ने भएको छ। शनिबार गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उक्त चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्। 

पोस्टर सार्वजनिकपछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे। हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो।

रुद्राक्ष फिल्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। आगामी भदाै दोस्रो साता देखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएकाे छ।

याे फिल्मबाट नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ। 

फिल्मको सुटिङ पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई मधेसको सर्लाही जिल्लामा गरिने छ। 

यस फिल्मलाई आगामी फागुन १ प्रदर्शन गरिने निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए। 

चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिने निर्देशक तिमिल्सिनाले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad