कला


४० वर्षअघिको काठमाडौँ देखिने सेटमा ‘क्याप्टेन साब’को छायांकन जारी

४० वर्षअघिको काठमाडौँ देखिने सेटमा ‘क्याप्टेन साब’को छायांकन जारी

नेपालखबर
साउन १८, २०८२ आइतबार १४:२३, काठमाडौँ

बायोपिक फिल्म ‘क्याप्टेन साब’को भव्य सेटका साथ छायांकन भइरहेको छ। काठमाडौँको तीनकुनेमा चलचित्रको छायांकन भइरहेको हो।

सेट विसं २०३०/४० दशकको काठमाडौँ कस्तो थियो भन्ने देखाउने गरी तयार पारिएको छ। 

त्यसबेलाको काठमाडौँका घरदेखि अन्य संरचनासम्म सेटमा राखिएका छन्। एकै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माण पक्षले जनाएको छ। 

‘काठमाडौँको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ। त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ। त्यो बेलाको काठमाडौँ कस्तो थियो भन्ने देखाउन त्यहीअनुसारको कस्ट्युम डिजाइन गरेका छौँ,’ निर्देशक दीपेन्द्र के खनालले भने। 

चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए ।

सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारीसाधन देखिन्छन्। 

खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कस्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरनजस्तै देखिएको छ। 

‘जुन कालखण्डको कथा हामी भन्दै छौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो। हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ। त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ,’ निर्देशक खनाल भन्छन्। 

साउन १० गतेदेखि ‘क्याप्टेन साब’को छायांकन सुरु भएको हो। काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगन्जमा हुनेछ। 

दीपेन्द्र के खनालले निर्देशन रहेको यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।

यस फिल्ममा अभिनेता खगेन्द्र लामिछाने,  सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।

निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad