फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरिएको हो।
बिदुर तिमल्सिना (देवदूत) को शब्दरचना रहेको गीतमा रिदम कँडेलले संगीत भरेका छन्। सार्वजनिक गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा मुख्य कलाकार सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड छन्। जिन्दगीमा पैसा पनि चाहिन्छ भन्ने गीतले प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई पनि चित्रण गरेको छ।
प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागिर रहेको भन्दै लोभ्याउनेदेखि कति तलब छ भनेर सोधेको प्रसंगसमेत गीतमा छ। भंगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएको गीतमा बैंस साट्ने मायालु जोडीको कथा छ।
यसअघि, फिल्मबाट सार्वजनिक गरिएको ‘नत्र भने जिन्लगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ।
‘पूर्ण बहादुरको सारंगी’ फेम्ड सरोज पौडेल निर्देशित यो फिल्म भदौ १२ गते रिलिज हुँदै छ। यस फिल्ममा सुरक्षा र मन्जिलसहित, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ।
‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन्। नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।
Shares

प्रतिक्रिया