नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को प्रदर्शन मिति तय भएको छ। दुइवटा पोस्टर सार्वजनिक गर्दैं आगामी माघ १ गतेलाई रिलिज मिति तोकिएको हो।
सार्वजनिक दुइ पोस्टर फरक मूडका छन्। पहिलो पोस्टरमा नीता पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ।
दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।
147
Shares

प्रतिक्रिया