उपेन्द्र सुब्बा निर्देशित बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर सार्वजनिक भएकाे छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्र रित्रबारे प्रस्तुत गरिएको छ।
यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो। टिजरमा अघिल्लो श्रृंखलाको कथाले निरन्तरता पाएको छ।
दोस्रो श्रृंखलाको टाइटल ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। ‘च्याब्रुङ नै नाच्ने नआउने लिम्बु त नांगो पहाडजस्तो हुन्छ’ भन्दै टिजर सुरु गरिएको छ। लिम्बु पहिचानको कुरादेखि दयाहाङ राई र मिरुना मगरको सम्बन्धबीच आउने उताडचडावका कथा टिजरमा समेटिएको छ। किनकी टिजरमा दयाहाङ र मिरुनाको घरझगडालाई देखाइएको छ।
मान्छेको मनले नाँच्न खोज्छ, गाउँन खोज्छ, खुसी र आनन्द खोज्छ भन्ने संवाद टिजरमा अटाएका छन्। विजय बराल र रेखा लिम्बुको हात माग्न गएको पनि देख्न सकिन्छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। यस फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन्। यो फिल्म आउँदो असोज ३ गते प्रदर्शनमा आउँदै छ।
यस फिल्ममा दया र मिरुनासहित विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
Shares

प्रतिक्रिया