कला


‘कश्यप’ मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा ढुंगाना

‘कश्यप’ मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा ढुंगाना

नेपालखबर
साउन २६, २०८२ सोमबार १४:२२, काठमाडौँ

फिल्म ‘कश्यप’ बाट टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगानाले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ। निर्माणटिमले उनलाई फिल्ममा अनुबन्धित गरेको हो। 

निर्देशक दिनेश जी खड्काका अनुसार कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी 'स्क्रिन-टेस्ट' गरेरै फाइनल गरिएको हो।

आभाले यसै फिल्मका लागि एक्सन दृश्यको विशेष प्रशिक्षण लिईरहेकी छिन्।यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छिन्।

अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्। उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ।

‘फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ,’आशाले भनिन्। 

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता  बढाएको छ।

एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पूर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायांकन थालनी हुने बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad