कला


सापकोटा र राउतले ल्याए कृष्णभजन ‘वंशी बजाइदेऊ’ (भिडिओ)

सापकोटा र राउतले ल्याए कृष्णभजन ‘वंशी बजाइदेऊ’ (भिडिओ)

नेपालखबर
साउन २९, २०८२ बिहिबार १४:२२, काठमाडौँ

निरज सापकोटाको शब्द, उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ भजन सार्वजनिक भएको छ।

भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन 'उमेश राउत' युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गर्छ। 

कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य र लोभ–मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। 

विशेषगरी, ‘मखन चोर्ने, घैला फोर्ने’ कृष्णको बाललीला र द्रौपदीको लाज बचाउने श्रीकृष्णका लीलाहरू समेटेर तयार गरिएको भजनले भक्तजनको मन छुन्छ।

पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको भजन अकोस्टिक नेपाल स्टुडियोमा राजाबाबु थारू र दिल समर्पणले रेकर्ड गरेका हुन् भने मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोको र सम्पादनको काम दिपेश गिरीले गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad