फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ मा समावेश ‘लड्की गोरी’ बोलको गीतलाई युट्युवमा रुचाइएको छ। शुक्रबार सार्वजनिक यस गीतले दुई दिनमा १० लाख भ्युज पाएको हो।
तराईमा भोजपुरी गीत बजाएर गाउने नाच्ने गरिएको अवस्थामा नेपाली शब्द नै रहेको यो लवजमा आएको गीत तराईमधेशसमा सदाबहार हुने सम्भावना उच्च छ।
गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ। संगीत संयोजन विषम आचार्यले गरेका छन्। गीतमा आइटम डान्स जुना सुन्दासको छ। कोरियोग्राफी रोहन विश्वकर्माको छ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ।
पोस्टप्रोडक्सनमा रहेको यस फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन्।
138
Shares

प्रतिक्रिया