रजनीकान्तको फिल्म ‘कुली’ र ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ बीच बक्सअफिसमा भिडन्त चलिरहेको छ। यद्धपी, कमाइको आधारमा लोकेश कनगराजको निर्देशनमा बनेको फिल्म ‘कुली’ अगाडी छ।
मंगलबार ९.५० करोड कमाएको ‘कुली’ को घरेलु बक्सअफिसमा छ दिनमा कुल आम्दानी २१६ करोड रुपैयाँ भारतीय रुपैयाँ पुगेको छ। यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन, सौबिन शाहिर, श्रुति हसन, सत्यराज, उपेन्द्र र आमिर खान मुख्य भूमिकामा छन्।
त्यसैगरि, अयान मुखर्जी निर्देशित ‘वार २’ ले भने मंगलबार ८.३५ करोड भारु कमायो। योसँगै ‘वार २’ ले छ दिनमा भारतमा १९२.८५ करोड रुपैयाँ नेट व्यापार गरेको छ।
एक्सन जनरामा बनेको यस फिल्ममा ऋतिक रोशन, जुनियर एनटीआरसहित कियारा आडवाणी मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर वार’ को सिक्वेल यस फिल्मबाट जुनियर एनटीआरले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका हुन्।
Shares

प्रतिक्रिया