कला


फिल्म ‘कोशेढुंगा’को ‘हे बरै’ बोलको गीत सार्वजनिक (भिडिओ)

फिल्म ‘कोशेढुंगा’को ‘हे बरै’ बोलको गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
भदौ ७, २०८२ शनिबार ८:४७, काठमाडौँ

फिल्म ‘कोशेढुंगा’को ‘हे बरै’ बोलको गीत सार्वजनिक भएको छ। बुवाको हेर्ने दिनको अवसरमा झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीत मार्मिक सुनिन्छ। गीतमा गायक आशिष अविरलको स्वर सुन्न सकिन्छ।

नेपाली लोक संगीतका लिजेन्ड झलकमानलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गर्दै चलचित्रमा राखिएको हो।

परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुष्मनको घेरामा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी सम्बोधन गर्दै बिदा माग्छ, यो गीतमा समेटिएको छ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन्। मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने क्यारेक्टरमा छन्।

मुकुनको पात्रलाई ‘पूर्ण बहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिएको छ। वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ। उनले गाडीमा यो गीत बजाइरहँदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ। ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत् गरेको हो।

यस फिल्ममा  सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। यो फिल्म ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ। 

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad