कला


‘कुमारी’ मार्फत पार्श्व गायनमा डेब्यु गर्दैं ‘केहर एन्ड द लुङ्गा’ ब्यान्ड

‘कुमारी’ मार्फत पार्श्व गायनमा डेब्यु गर्दैं  ‘केहर एन्ड द लुङ्गा’ ब्यान्ड

नेपालखबर
भदौ १५, २०८२ आइतबार १८:५६, काठमाडौँ

गायक केहर सिंह लिम्बुले फिल्म ‘कुमारी’ मार्फत पार्श्व गायनमा डेब्यु गर्ने भएका छन्। दीनेश राउतको निर्देशनमा बन्ने यस फिल्मको उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ ले पार्श्व गायनमा पाइला चाल्न थालेको हो।

गत शुक्रबार काठमाडौँको टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको थियो। जहाँ ‘केहर एन्ड द लुंगा’ ब्यान्डले फिल्मको ‘कहाँ छौ’ गीतसहित आफ्ना हिट गीतहरुमा प्रस्तुति दिए।

प्रस्तुतिका क्रममा केहरले फिल्ममा पनि स्रोता तथा दर्शकहरूबाट मायाको अपेक्षा रहेको बताए। जेन जी पुस्तामाझ चर्चित केहरका सरर सरर, तिमीलाई सम्झे, टुटेको मुटु, बैगुनी लगायतका गीतहरू चर्चित छन्।

विकास सुवेदीको कथा रहेको यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिनेछन्। यी दुबैले यसै फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।

यसै सातादेखि फिल्मको सुटिङ सुरू गरिने निर्माणटिमले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad