कला


‘माग्ने बुढा’ कुटिएको भिडिओ भाइरल, घटना के हो?

‘माग्ने बुढा’ कुटिएको भिडिओ भाइरल, घटना के हो?

नेपालखबर
असोज ८, २०८२ बुधबार १४:६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई हातपात गरिएको भिडिओ भाइरल भइरहेको छ।

जसले धेरैको मनमा प्रश्न उठेको छ- आखिर ‘माग्ने बुढा’लाई कसले, किन कुट्यो?

यसैबीच अभिनेता घिमिरेले आफूमाथि आक्रमण भएजस्तो देखिने भिडिओको वास्तविकताबारे बताएका छन्। 

बुधबार दिउँसो फेसबुकमा लाइभ गर्दै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारका लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलसमक्ष गएको र त्यस क्रममा प्र्या‌ंक भएको बताएका हुन्। 

‘धेरै जना शुभचिन्तकले त्यो भिडिओ के हो भनेर सोधिराख्नु भएको छ। यसबारे स्पष्टीकरण दिन चाहन्छु’, घिमिरेले भनेका छन्, ‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर उहाँले हातपात नै गर्नुभयो। त्योचाहिँ प्लानिङ थिएन।’

तैपनि त्यसलाई ठट्टाकै रूपमा लिएको उनले बताएका छन्। 

‘टुक्रा मात्र भाइरल हुँदा साथ सपोर्ट गर्नेको चासो र चिन्ता आयो। यसबाट पर्न गएको चोटबारे क्षमा पनि माग्न चाहन्छु’, घिमिरेले भनेका छन्। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad