राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले अध्यादेश जारी गरेका हुन्।
अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोक्नेछ। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन सरकार ढलेर अन्तरिम सरकार बनिसकेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।
मतदाता नामावली ऐनको दफा ४ मा संसोधन गर्नेगरी अध्यादेश आएको हो। उक्त दफामा निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गरिन छैन भन्ने व्यवस्था छ।
सोही व्यवस्था परिमार्जन गर्दै प्रतिनिधिसभा कार्यकाल पूरा हुनुअघि विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता वा अध्यावधिक गर्न सक्नेछ भन्ने विषय अध्यादेशमा समावेश गरिएको छ।

1.1k
Shares

प्रतिक्रिया