फिल्म ‘चिराग’ को प्रदर्शन मिति तय भएको छ। फिल्मको पहिलो झलक सार्वजनिक गर्दै आगामी मंसीर ५ को लागि मिति तोकिएको हो।
सार्वजनिक पोस्टरमा कलाकार त्यागमूर्ति फिचर्ड छन्। उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन्। उनलाई कसैले कुल्चिएको छ। फिल्म आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ।
त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन्। यस फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ।
फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ। फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन्।

Shares

प्रतिक्रिया