कला


‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीलाई

‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीलाई

नेपालखबर
असोज ९, २०८२ बिहिबार १२:१, काठमाडौँ

‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन्। बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता बनेकी हुन्।

विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरिन्। यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। 

विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजन क्षेत्रमा परेको असरबारे कुरा गरिन्। 

उनले बिदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन्। उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दैगर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य बिबिध कुराको प्रवद्धन गर्ने बताइन्। 

आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए। फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेता सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन्। ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad