गायक, गीतकार तथा संगीतकार उमेश राउतको नयाँ भावपूर्ण गीत “दैलो खोल न” सार्वजनिक भएको छ।
घरपरिवार र मायाप्रेमको संवेदनशील कथालाई समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ।
गीतलाई उमेश राउत स्वयंले लेख्ने, संगीत गर्ने र गाउने गरेका छन् भने एरेन्जमा पुरुषोत्तम सुवेदीले साथ दिएका छन्। पारम्परिक वाद्यवादनको सुगन्ध यस गीतमा विशेष आकर्षण बनेको छ।
हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज बिष्टको गिटारले गीतलाई जीवन्त बनाएको छ।
गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा भएको हो जहाँ गोबिन्द अनेक र कमल थापाले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
यसैगरी, गीतलाई दृश्यात्मक बनाउन तयार पारिएको लिरिकल भिडियोलाई कबिर ओडले प्रस्तुत गरेका छन्।
श्रोताले परदेशमा रहेर घरको ढोका ढकढक्याइरहेको भाव महसुस गर्न सक्ने यस गीतले धेरैलाई आफ्ना जीवनका कथा झल्काइदिने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया