कला


टेकराजले ल्याए ‘नवदुर्गा भवानी भजन’

टेकराजले ल्याए ‘नवदुर्गा भवानी भजन’

नेपालखबर
असोज ९, २०८२ बिहिबार १९:३२, काठमाडौँ

गीतकार टेकराज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन्। उनको  पाँचौ भजना सिर्जना हो।

भजनलाई धना पोखरेलले शब्दमा उतारेका हुन् भने टेक राज पोखरेल, रवीन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन्। 

भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाले प्रस्तुत गरेको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ।

भजनलाई कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रेकर्डिङ हुरि स्टुडियोमा गरिएको र भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न गरिएको पोखरेलले जानकारी दिए। 

छायांकनको निर्देशन बिपिन अनुरागीले गरेका हुन् भने आरडी दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी वहन गरेको थियो। 

नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad