गत असोज ३१ गतेबाट रिलिज भएको फिल्म ‘जेरी अन टप’ ले आक्रामक व्यापार गरिरहेको छ। रिलिजको पहिलो दिनबाट राम्रो कमाइ गरिरहेको फिल्मले प्रदर्शनको नवौं दिनमा १ करोड माथिको ग्रस व्यापार गरेको छ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ओपनिङ गरेको थियो। दोस्रो साताको शनिबार १ करोड कमाउँदै फिल्मले बलियो पकड समातेको छ।
507
Shares

प्रतिक्रिया