अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले आक्रामक व्यापार गरिरहेको छ। दोस्रो सातामा प्रदर्शनरत यस फिल्मले नवौं दिनसम्म साढे ६ करोड बढीको व्यापार गरेको हो।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले गत शनिबार रातिसम्म कुल ६ करोड ५१ लाख ४६ हजार कलेक्सन गरेको हो।
सोही अवधिमा फिल्मका १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री भएका छन्। दोस्रो सातामा पनि हलमा दर्शकहरूको राम्रो चाप छ।
निर्माता सरोज न्यौपानेका अनुसार यस फिल्मले १० दिनसम्म विश्वभरबाट भने १२ करोड कमाइसकेको छ। सुयोग गुरूङ निर्देशित यस अनमोलसहित आँचल शर्मा र जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ।
हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ।
Shares

प्रतिक्रिया