केही समयदेखि दीपिका पादुकोण ‘स्प्रिट’बाट बाहिरिएको खबर चर्चामा छ। सन्दीप रेड्डी वांगाको सो फिल्ममा दीपिका प्रभासको अपोजिटमा देखिने तय भएको छ।
तर, शुल्क वृद्धिको माग गर्दै र आठ घण्टाको सिफ्टमा काम गर्ने भनेपछी दीपिकालाई फिल्मबाट हटाइएको थियो। जुन विषयमा भारतीय अभिनेत्री रश्मिका मन्दानाले प्रतिक्रिया दिएकी छिन्।
एक अन्तर्वार्तामा रश्मिका मन्दनाले आज विश्वभर लचिलो काम गर्ने अभ्यासको बारेमा छलफल भइरहेको बताइन्। उनले कुनै पनि परियोजनामा हस्ताक्षर गर्नुअघि यस्ता मुद्दाहरू स्पष्ट पार्नुपर्नेमा जोड दिइन्।
रश्मिकाले भनिन्, ‘काम गर्ने समय कसरी निर्धारण गर्ने भन्ने बारेमा टोलीमा छलफल हुनुपर्छ। र, यो व्यक्तिगत प्राथमिकताको कुरा हो भन्ने कुरा पनि निर्णय गर्नुपर्छ।’
रश्मिकाले दक्षिण भारतीय फिल्म उद्योग र बलिउडमा काम गर्ने घण्टाको बारेमा खुलेर छलफल गरेकी छन्। उनले फिल्मको आवश्यकता अनुसार ९ देखि ६ वा ९ देखि ९ को तालिकामा काम गर्नुपर्ने बताइन्।
रश्मिकाले तेलुगु, कन्नड, तमिल र हिन्दी फिल्महरूमा काम गरिसकेकी छिन्, जहाँ समयको माग फरक हुन्छ। तर, आफ्नो ध्यान सधैँ समयमै काम पूरा गर्ने कुरामा हुने उनको भनाइ छ।
काम गर्ने समयको बारेमा वहस गर्नुको सट्टा, तोकिएको समयमा पूर्ण रूपमा उपस्थित र सक्रिय हुनु महत्त्वपूर्ण रहेको रश्मिकाले बताइन्।
Shares

प्रतिक्रिया