फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ।
झण्डै ८० प्रतिशत छायांकन चितवनमै गरिने निर्देशक माइकल चन्दले जानकारी दिए।
उनका अनुसार, शुक्रबार सुरु गरिएको सुटिङ ४० दिन चितवनमा गरेर १० दिन मुस्ताङको सेड्युलमा फिल्म खिचिनेछ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए।
‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रूपमा चिनाउन र पर्यटन प्रवर्द्धनमा फाइदा हुने लाइन प्रोड्युसर राजेन्द्र आचार्यले बताए।
यो फिल्म आगामी चैत २७ गते प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरेको छ।
यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुसी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसीलगायत कलाकारले अभिनय गर्नेछन्।
साथै फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ।
उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताका रूपमा छन्। मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ।
विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा विदुषी थापाको प्रोडक्सन डिजाइन छ। एक्सन, सस्पेन्स र प्रेमको जनरामा निर्माण गरिने यस फिल्मलाई निर्देशक माइकल चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउने गरेका छन्।
Shares

प्रतिक्रिया