कला


कस्तो छ प्रभात र स्मारिका अभिनीत फिल्म ‘मुगलान’ टिजर?

कस्तो छ प्रभात र स्मारिका अभिनीत फिल्म ‘मुगलान’ टिजर?

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १५:५९, काठमाडौँ

प्रभात पाल र स्मारिका ढकालको मुख्य भुमिका रहेको फिल्म ‘मुगलान’ टिजर सार्वजनिक भएको छ।  आइतबार सार्वजनिक भएको टिजरले वैदेशिक रोजगारीको कथा भन्छ। 

३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। 

रिहान प्रोडक्सनको ब्यानरमा बने ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको छ।

यस फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad