कला


मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको डेब्यू

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको डेब्यू

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १२:४६, काठमाडौँ

निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सुम्निमा’मार्फत सोल गुरुङले डेब्यू गर्ने भएको छन्।

हालै लन्डनमा पहिलो चरणको छायांकन सकेर फर्किएको टिमले चलचित्रकी मुख्य अभिनेत्री गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी गुरुङले यसअघि केही म्युजिक भिडिओमा मोडलिङ गरेकी छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म विशुद्ध लभ स्टोरी रहेको निर्देशक चाम्सले बताए। फिल्ममा गुरुङ सहित कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा लगायतको अभिनय छ।

निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।

‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइन्ड रक्स’, ‘बबी’ र ‘गोर्खा वारियर’ जस्ता फिल्म निर्देशन गरेका चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो। साथै, बायोपिक फिल्म धेरै व्यापार गर्ने फिल्मको सूचीमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad