भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन भ्रमणका लागि मंगलबार भुटान पुगेका छन्।
उनलाई भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा स्वागत गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेका छन्, ‘म भुटान पुगेको छु। स्वागतका लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु। यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्छ।’
मोदीले भुटान भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
105
Shares

प्रतिक्रिया