आजबाट उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २:सङ अफ च्याब्रुङ’ को नयाँ संस्करण प्रदर्शनमा आएको छ। निर्माण टिमले फिल्ममा काँटछाँट गर्दैं १४ मिनेटको दृश्य थप्दै ‘डिरेक्टर्स कट’ संस्करण प्रदर्शनमा ल्याएको हो।
योसँगै फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ। निर्माण टिमका अनुसार केही नयाँ दृश्य थपिएको र केही पुराना दृश्यमा निर्देशकले कैंची चलाएका छन्। थपिएका दृश्यसहितको फिल्मलाई सोमबार बेलुका सेन्सर गरिएको थियो।
गत शुक्रबारबाट प्रदर्शनरत यस फिल्मले दुई दिन आक्रामक व्यापार गरेको थियो। आइतबारदेखि पनि राम्रै व्यापार गरिरहेको निर्माताको भनाइ छ। यस फिल्मले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। यो फिल्म हिट फिल्म ‘जारी’ को सिक्वेल हाे। २०८० सालमा रिलिज भएको ‘जारी’ ले बक्स अफिसमा १७ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको थियो।
Shares

प्रतिक्रिया