यतिखेर बलिउड अभिनेता राकेश वेदी नेपालमा छन्। प्रदर्शनरत फिल्म ‘है जवाती तो इश्क होना है’ को प्रवर्द्धनकको लागि उनी आइतबार नेपाल आइपुगेका थिए।
उनै वेदीले सोमबार पशुपतिको दर्शक गरेका छन्। श्रीमतीसँगै आएका उनले पशुपतिनाथ दर्शन गरेका हुन्।
उनलाई फिल्म प्रवर्द्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले काठमाडौँ बोलाएको हो। आइतबार मात्रै उनले काठमाडौँका विभिन्न हल पुगेर दर्शकलाई भेटेका थिए।
उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन्। दुई दिनको काठमाडौँ भ्रमण रहेका उनको सोमबार दिउँसो मण्डला थिएटरमा कार्यकम राखिएको छ। जहाँ अभिनेता विजय बरालले वेदीसँग कुराकानी गर्नेछन्।
वेदी भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित कलाकार हुन्। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले ‘चश्मे बद्दूर’, ‘हीरो नम्बर १’, ‘दिल है कि मानता नहीं’ लगायतका दर्जनौं फिल्म र लोकप्रिय टेलिशृंखलामा अभिनय गरेका छन।
उनी सुपरहिट फिल्म ‘धुरन्धर’ का दुई सिरिज खेलेका थिए। फिल्ममा उनी जमील जमाली पात्रको भूमिकामा देखिएका थिए। यी दुवै फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको थियो।
Shares

प्रतिक्रिया