कला


अभिनेता गोविन्दा अस्पताल भर्ना

अभिनेता गोविन्दा अस्पताल भर्ना

बलिउड अभिनेता गोविन्दा


नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ८:२३, काठमाडौँ

बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ।

गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको कुरा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

ललितले भने, 'गोविन्दा मंगलबार राति ८:३० बजे आफ्नो घरमा अचानक बेहोस भए।'

सुरुमा उनलाई डाक्टरको सल्लाहअनुसार घरमै औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको हो।

ललितका अनुसार, अहिले गोविन्दाको स्वास्थ्य परीक्षण भइरहेको छ। 

उनले गोविन्दाको स्वास्थ्य हाल स्थिर रहेको र परीक्षणको नतिजाका आधारमा डाक्टरहरूले उनको उपचार निर्धारण गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad