एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘ग्लोब ट्रोटर’ पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री प्रियंका चोपडालाई देख्न सकिन्छ।
यस फिल्ममा प्रियंकाले ‘मन्दाकिनी’ को भूमिकामा अभिनय गरेकी छन्। लामो समयपछि उनी भारतीय फिल्ममा फर्किन लागेकी हुन्। प्रियंकाको पछिल्लो बलिउड फिल्म ‘द स्काई इज पिंक’ थियो, जुन सन् २०१९ मा रिलिज भएको थियो।
त्यसपछि उनी हलिउड फिल्ममा व्यस्त भइन्। हिन्दी र अंग्रेजीमा रिलिज भएको ‘द ह्वाइट टाइगर’ मा पनि अभिनय गरिन्। यो फिल्म सन् २०२१ मा नेटफ्लिक्समा रिलिज भएको थियो र प्रियंकाले कार्यकारी निर्माताको रूपमा पनि काम गरेकी थिइन्।
यस फिल्ममा प्रियंकासहित साउथ स्टार महेश बाबु र पृथ्वीराज सुकुमारनको मुख्य भूमिका रहेको छ। निर्देशक र कलाकारले फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन्।
प्रियंकाले पनि पोस्टर सेयर गर्दैं लेखेकी छिन्, ‘उनी देखिने भन्दा धेरै बढी छिन्। मन्दाकिनीलाई भेट्नुहोस्।’
Shares

प्रतिक्रिया