कला


सुरक्षा पन्त मुख्य भूमिकामा रहेको ‘धागो’ आजदेखि एकसाथ नेपाल–भारतका हलमा

सुरक्षा पन्त मुख्य भूमिकामा रहेको ‘धागो’ आजदेखि एकसाथ नेपाल–भारतका हलमा

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ९:३४, काठमाडौँ

भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली फिल्म ‘धागो’ आज (शुक्रबार) देखि नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शन गरिएको छ। 

उदीप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिबीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने संघर्ष मार्मिक रूपमा चित्रण गरिएको छ।

संघर्ष, बिछोड र परिवारमा देखापर्ने मनोवैज्ञानिक उतारचढावका बीच केही हल्का हास्य रस पनि रहेकाले कथा गम्भीर भए पनि दर्शकलाई निराश बनाउँदैन। 

धागो भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्सजस्ता नेपालीभाषीको धेरै बसोबास भएका क्षेत्रमा रिलिज गरिएको छ। 

भारतका ती क्षेत्रमा नेपाली चलचित्रको दर्शकको संख्या बाक्लो भएकाले ‘धागो’ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ।

यस्तै नेपालमा क्यूएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमालगायत देशभरका हलमा रिलिज गरिएको छ।

फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् भने प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापालगायत कलाकारले अभिनय गरेका छन्।

अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गरेका हुन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसद्वारा निर्माण गरिएको चलचित्रमा उमा थापा, उत्तम थापा र उदीप थापा निर्माता छन्। नेपालमा यो फिल्म आरआर फिल्म्सले वितरण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad