अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत‘फसायो लमीले’ सार्वजनिक भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर सुन्न सकिन्छ। कृष्ण केसीको संगीत संयोजन रहेको गीतमा बिहे गर्दा लमीले झुक्याएका कुरा समेटिएका छन्।
बुद्ध थापाले खिँचेको भिडिओमा मौसम हिमालीको नृत्य निर्देशन रहेको छ। गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामा सहितका कलाकार फिचर्ड छा्।
अनिशा सेन्दाङ लिम्बू निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुवास शर्मा को सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। यही सिनेमाको लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपाल आएका थिए।
उनीसँगै फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई लगायतको अभिनय छ। कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दै छन्। बाल कलाकारमा दिप्सन चिलवालको अभिनय रहेको छ।
निर्देशक घिमिरेको कथा, पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ। यो फिल्म पुस ४ मा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया