हरिलाल भट्टराईको रचनामा डेउडा गीत ‘गाउँ नठान बिरानु’ सार्वजनिक गरिएको छ। धर्मराज भट्टराईको लय र संगीत रहेको गीतमा पाण्डब बिष्ट र गौरी भट्टको स्वर रहेको छ।
गीतले सहरको चमक–दमक र व्यस्त जीवन छाडी आफ्नै जन्मभूमि फर्कने भावलाई समेटेको छ। गीतले ग्रामीण जीवन र जीवनशैलीप्रतिको मोहलाई समेटेको छ। गाउँको आत्मीयता, परिवेश र मौलिक संस्कृतिलाई लिएर आफुलाई झल्को आएको र हराउदै गएका संस्कृतिलाई फेरि जगेर्ना गर्नुपर्ने कुरा बताउँछ।
गीतको मूल भाव जन्मभूमिप्रतिको प्रितीमा केन्द्रित छ। आमाबुवा गाउँमै भएकाले उनीहरूलाई छाडेर सहरमा बस्न मन नलाग्ने र बस्नै नसकिने भावना गीतमा बारम्बार आउँछ । यसले गाउँ केवल ठाउँ मात्र नभएर, आत्मा बस्ने ठाउँ, आफु जन्मिएको ठाऊँलाई बिरानो ठान्न नसकिने भन्ने भावनालाई अझ गहिरो रुपले प्रस्तुत गरिएको छ।
गीतको अन्त्यमा जब ‘गाउँ नठान बिरानु, फर्के आऊ उड्ने चरी’ भन्ने सशक्त पंक्ति आउछ त्यो पंक्तीले सबैलाई आफ्नो जन्मभूमिसँग जोडिन, मौलिक पहिचान नबिर्सिन र गाउँलाई बिरानो नठान्न आग्रह गर्छ। सुदूरपश्चिमको चाडपर्वलाई पनि गीतमा जोडिएको छ।
सुरज थापाले छायांकन गरेको गीतको भिडिओमा सर्जक हरिलाल भट्टराई र मनिषा सिंहले अभिनय गरेका छन्। थापा कमल बिबेकको गीतमा निर्देशन रहेको छ।
Shares

प्रतिक्रिया