गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्।
आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी दिएका हुन्।
गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए।
‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ मन्त्री अर्यालको निर्देशन थियो।
यसअघि पनि, टिकट नभएकाहरूले एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।
क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया