कला


१० वर्षको विश्रामपछि फिल्ममा फर्किंदै इमरान खान

१० वर्षको विश्रामपछि फिल्ममा फर्किंदै इमरान खान

नेपालखबर
मंसिर १, २०८२ सोमबार ९:११, काठमाडौँ

बलिउड अभिनेता इमरान खान झन्डै १० वर्षको विश्रामपछि ठूलो पर्दामा फर्कने तयारीमा छन्।

पछिल्लोपटक सन् २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा कंगना रनौतसँग जोडी बनेयता उनले फिल्मबाट ब्रेक लिएका थिए।

त्यसको १० वर्षपछि इमरान निर्देशक दानिश असलमको नयाँ फिल्मबाट ठूलो पर्दामा पुनरागमन गर्न लागेका हुन्। 

उक्त फिल्म रोमान्टिक कमेडी हुने र यसमा उनी भूमि पेडनेकरको जोडी बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

इमरानले यसअघि दानिश असलमसँग फिल्म ‘ब्रेक के बाद’ मा काम गरिसकेका छन्।

इमरान खानले आफ्नो फिल्मी करिअर ‘जाने तु या जाने ना’ बाट सुरु गरेका थिए, जसले उनलाई युवामाझ स्टार बनायो। उनका धेरै फिल्ममा उतारचढाव आएका छन्, तर उनको अभिनय क्षमताको सधैँ कदर गरिएको छ।

पछि उनले पारिवारिक जीवनका लागि भन्दै १० वर्ष फिल्मबाट ब्रेक लिए।

व्यक्तिगत जीवनबाट सन्तुष्ट उनी फेरि आफ्नो करिअरमा ध्यान केन्द्रित गर्न चाहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad