कला


अनमोलको फिल्म ‘जेरी अन टप’ को रेकर्ड तोड्ने बाटोमा ‘परान’!

अनमोलको फिल्म ‘जेरी अन टप’ को रेकर्ड तोड्ने बाटोमा ‘परान’!

नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:४५, काठमाडौँ

केही दिनअघि गत वैशाखमा रिलिज भएको ‘ऊनको स्वीटर’ लाई उछिन्दैअनमोल केसी अभिनीत ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भयो। तर, हालको अवस्था हेर्दा यस रेकर्डलाई ‘परान’ ले तोड्ने देखिएको छ।

आज सोमबार चलचित्र विकास बोर्डले तिहारदेखि रिलिज भएका फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। कात्तिक २९ गतेसम्मको तथ्यांकअनुसार ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ७ लाखको व्यापार गरेको देखिन्छ। जबकी  ‘परान’ ले १६ दिनमै ९ करोड ९६ लाखको आकंडा पार गरिसकेको छ।

‘जेरी अन टप’ को ३ लाख ८५ हजार ९२८ टिकट बिक्री हुँदा ‘परान’ का ३ लाख ४७ हजार १७५ टिकट टिकट बिक्री भएको देखिन्छ। बलियो वर्ड अफ माउथ पब्लिसिटीका कारण  तेस्रो सातामा पनि ‘परान’ ले दर्शकहरूको राम्रो साथ पाइरहेको छ। जसकारण छिट्टै यस फिल्मले वर्षकै सर्वाधिक कमाइ गर्ने ‘जेरी अन टप’  को बक्सअफिस रेकर्ड तोड्ने देखिन्छ। 

दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशन रहेको यस  फिल्मले सुरूवाती दिनमा न्युन कमाइ गरेको थियो। प्रदर्शनको पहिलो दिन फिल्मले छ लाखको ‌ओपनिङ गरेको थियो। तर, तीन/चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो। दोस्रो साताको शनिबार मात्रै एक करोडभन्दा बढीको कमाइ गर्न सफल भयो।

यस फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्। शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।

यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad