बलिउड अभिनेत्री परिणीति चोपडाले अक्टोबर १९ मा छोरा जन्माइन्। लगभग एक महिना उनले छोराको नाम खुलासा गरेकी छिन्।
राघव चड्ढा र परिणीति चोपडाले एक पोस्टमा आफ्नो छोराको नाम नीर राखेको उल्लेख गरेका छन्।
इन्स्टाग्राम अकाउन्डमा श्रीमान राघव चड्ढा र छोराको खुट्टासँगको सुन्दर तस्वीर सेयर गर्दै परिणीति चोपडाले लेखिन्, ‘जलस्य रूपम, प्रेमस्य स्वरूपम, तत्र एवा नीर। हाम्रो हृदयले जीवनको अनन्त थोपामा सान्त्वना पायो। हामीले उनको नाम नीर राख्यौं। पवित्र, दिव्य, असीम’
छोराको नाम दम्पतीको नामसँग जोडिएको छ। राघव र परिणीतिले आफ्नो छोराको नाम नीर राख्नुको एउटा कारण यो हो कि यो उनीहरूको नामको संयोजन हो। दम्पतीले आफ्नो छोराको नाम नीर राख्न परिणीतिको नामबाट ‘नी’ र राघवको नामबाट ‘र’ रोजे।
२४ सेप्टेम्बर सन् २०२३ परिणितीको आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग बिहे भएको थियो।
Shares

प्रतिक्रिया