कला


प्रभासको मुख्य भूमिका रहेको ‘स्पिरिट’को छायांकन सुरु

प्रभासको मुख्य भूमिका रहेको ‘स्पिरिट’को छायांकन सुरु

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १८:३८, काठमाडौँ

साउथ स्टार प्रभासको मुख्य भूमिका रहेको फिल्म ‘स्पिरिट’को छायांकन सुरू भएको छ। निर्देशक सन्दीप रेड्डी वांगाले आइतबारदेखि फिल्मको शुभमुहूर्तसँगै सुटिङ सुरू गरेका हुन्। 

मूहुर्तमा निर्माता भूषण कुमारसहित अभिनेता चिरञ्जीवी र अभिनेत्री तृप्ति डिमरी उपस्थित रहे। फिल्मको आधिकारिक सामाजिक सञ्जाल (एक्स) ह्यान्डलमार्फत सार्वजनिक तस्बिरमा चिरञ्जीवी र भूषण कुमारले फिल्मको क्ल्यापबोर्ड समातेको देखिन्छन्।

तर, फिल्मका मुख्य अभिनेता प्रभास भने देखिएनन्।  साथै, प्रकाश राज र विवेक ओबरोय पनि तस्बिरमा अटाएका छैनन्। 

तस्बिरमा प्रभास नदेखिएपछि फ्यानहरूले चासो व्यक्त गरेका छन्। धेरैले फिल्मका लागि प्रभासको ‘लुक’ सार्वजनिक नहोस् भनेर उनी तस्बिरमा नआएको अनुमान गरेका छन्।

यो फिल्म सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन्, जसले यसअघि कवीर सिंह र एनिमल जस्ता ब्लकबस्टर फिल्महरू निर्देशन गरिसकेका छन्।

यस फिल्ममा प्रभासको अपोजिटमा तृप्ति डिमरी देखिनेछिन्। फिल्ममा विवेक ओबेरॉय र प्रकाश राज पनि मुख्य भूमिकामा छन्। यस फिल्ममा प्रभासले एक प्रहरी अधिकारीको भूमिकामा देखिनेछन्। बहुप्रतिक्षीत मानिएको यो फिल्म २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ।

यो फिल्म अभिनेत्री दीपिका पादुकोणका कारण चर्चामा आएको थियो। जसको कारण दीपिकाको मागमा आठ घण्टाको सिफ्ट, ठूलो पारिश्रमिक, नाफाको हिस्सा र कुनै तेलुगु संवाद नभएको बताइएको छ।

दीपिका सेप्टेम्बर २०२४ मा आमा बनिसकेकी छिन, त्यसैले उनले हप्ताको पाँच दिन मात्र आठ घण्टाको सिफ्ट चाहेको बताइएको छ। सन्दीप यी सबै मागहरूबाट असन्तुष्ट थिए, जसले गर्दा उनलाई फिल्मबाट हटाइएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad